प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

भदौ ०७ काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजकाे बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here