भदौ ०६,काठमाडौं ।
प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७औँ बैठक सोमबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । आइतबारका लागि तय गरिएको बैठक गिरिको निधनकै कारण स्थगित गरेर आजको लागि आह्वान गरिएको हो ।
आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको १२औँ अधिवेशनको ४७औँ बैठक बस्न लागेको हो ।