आज थप २८६ जनामा कोरोना संक्रमण पुष्टि

भदौ ०४,काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टिजेन विधिबाट ८४ जनामा गरी २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here