राष्ट्रपति भण्डारीद्वारा गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

भदौ ०४,काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समिति अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् ।

यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटी क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारको लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा. पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here