भदौ ०४,एजेन्सी ।
उत्तरी सिरियामा टर्की समर्थित विद्रोही लडाकुहरुको कब्जामा रहेको सहरको भीडभाड बजारमा रकेट आक्रमण हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
युद्ध अनुगमन समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ र प्यारामेडिकल समूहले यो जानकारी दिएको हो ।
टर्कीले गरेको हवाई आक्रमणमा कम्तीमा ११ सिरियाली सैनिक र अमेरिका समर्थित कुर्द लडाकुको मृत्यु भएपछि शुक्रबार अल बाब सहरमा यो हमला गरिएको हो।
एक युद्ध पर्यवेक्षक समूहले शुक्रबारको बम विष्फोटको लागि सिरियाली सरकारी सेनालाई दोष दिँदै यो टर्कीको हवाई आक्रमणको बदला भएको बताएको छ।
उनका अनुसार मृत्यु हुने १५ मध्ये तीन बालबालिका र ३० जनाभन्दा बढी घाइते भएका छन् ।