आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

भदौ ०३,काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने बताए । माओवादीले कति सदस्यीय पदाधिकारी बनाउने भन्ने विषय पनि टुंगो लगाउन सकेको छैन ।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here