भदौ ०३, महोत्तरी।
महोत्तरीको गौशालामा आफ्नै संस्थाको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ परेका छन्।
प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर जिल्लाको सोनमा गाउँपालिका– ७ का ३८ वर्षीय शत्रुधन यादव पक्राउ परेका हुन्।
मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ। युवतीले त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएका थिइन्। बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यादवले यसअघि पनि बैंकमा कार्यरत युवतीहरुलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए। यसबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।