नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति ओलीको असन्तुष्टि

भदौ ०२,झापा  ।

 नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रपति कार्यालयबाट संसदमा फिर्ता आएको नागरिकता विधेयकबारे संसदमै छलफल नगरी जस्ताको त्यस्तै फिर्ता गर्ने सरकारको कसरत अलोकतान्त्रिक भएको बताएका छन्।

विभिन्न कार्यक्रमहरूमा सहभागी हुन गृहजिल्ला झापा आउने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरे।

अहिलेको सरकारलाई देशप्रति कुनै चिन्ता नभएकाले नागरिकता विधेयकमाथि सरकारले संसदमा कुनै छलफल नगराएको ओलीको भनाई छ। ओलीले राष्ट्रपति कार्यालयबाट फिर्ता आएको विधेयकमाथि संसदमा पुनः छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले जे गरिरहेको छ, त्यो गतिविधि लोकतन्त्रमा सोच्नै नसकिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here