नागरिकता विधेयक टाउको गन्ने विषय होइन, सर्वस्वीकार्य बनाइयोस् : एमाले

भदौ ०२,काठमाडौं ।

प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै एमालेले नागरिकताजस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्नेगरी काम नगर्न सरकारलाई सुझाव दिए । विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएका उनले विधेयकमाथि सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने माग गरे ।

सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । ‘एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो टुंग्याउन जरुरी छ । यसलाई जबरजस्ती गरेर टाउकाको गिन्तीको आधारमा गर्नुभयो भने यसका परिणाम राम्रा हुँदैनन्’ उनले भने ।

जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here