पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

साउन ३१, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३९९ तथा एन्टिजेन विधिबाट ४४९ जनामा गरी ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here