साउन ३०, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक अधिकार भएको बताएका छन्।
सोमबारबाट सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।
कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको बताएका हुन्। ‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो। हामीले त्यसको अध्ययन गर्न बाँकी छ,’ थापाले भने।
प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता पठाएकी छन्। यसबारेमा सकारात्मक÷नकारात्मक दुवै खालका प्रतिक्रियाहरु आइरहेका छन्।