साउन २८,काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा माओवादी नेतृत्वप्रतिको भरोसा नटुटेको बताएका छन् ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको तहमा पार्टीले खेलेको भूमिकाप्रति अघात आस्था र विश्वास रहेको बताए ।
नेताहरूको एउटा पंक्तिमा नीति, नेतृत्व, विचार र व्यवहारप्रतिको विश्वास धर्मराएको भन्दै अध्यक्ष दाहालले नेता एकढिक्का भएर गएको अवस्थामा अहिले पनि जुरुक्कै उठ्ने अवस्थामा रहेको बताए। अहिले आफ्नो सबैभन्दा ठूलो चुनौति नेताहरुलाई मिलाएर लैजान भएको उनको भनाइ छ ।
नेताहरुमा मात्र मिलाएर एकढिक्का भएर लगेको अवस्थामा जनतामा दुःख गर्नुनपर्ने अध्यक्ष दाहालले बताए ।