कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु,थप ८१५ जनामा संक्रमण

साउन २६, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ तथा एन्टिजेन विधिबाट ३५० जनामा गरी ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here