साउन २५,काठमाडौं ।
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सेवा सुरु गरेका छन्।
दुई संस्थाको सहकार्यमा दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरु तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरिनेछ।
उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन्।