बालाजु बाइपासको आगलागी दुई घण्टापछि नियन्त्रणमा

साउन २५,काठमाडौं ।
काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

पाँचवटा दमकलको सहायतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । आगो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी खटिएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here