एमालेको प्रश्न : काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ र ?

साउन २२, काठमाडौं । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छर भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणासँगै सरकार कामचलाउ भएकाले सदनलाई बिजनेस दिन मिल्छ र भन्दै प्रश्न उठाएका हुन् । उनले अब सरकारले नियमित सरकारको जस्तो विजनेस दिएर सदन चलाउने कुरा उचित नहुने धारणा राखे।

उनले निर्वाचनको मिति घोषणा गरेकोमा धन्यवाद दिँदै उनले सरकार काम चलाउमा रुपान्तरण भइसकेको बताए। उनले प्रश्न गरे, ‘काम चलाउ सरकारले सदनलाई विजनेस दिने र त्यो विजनेस नयाँ विधेयक दर्ता गर्ने या उठेका प्रश्नहरुको छलफल गर्ने त्यो स्थिति बन्छ ? ’

‘आज यहाँ मैले महाअभियोगको कार्यसूची रहेको देखेँ। फागुन २९ मा महाअभियोग दर्ता भो। सामान्यतया ३ महिनामा छिनोफानो होस् भन्ने हुन्छ।’ज्ञवालीले भने,‘नेपालीमा एक उखान छ । दिन उजेली सुती गुमाई रात जुनेली बिस्कुन सुकाई। दिनभरि त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिनाको समय पाउँछ कि पाउँदैन।’

ज्ञवालीले सरकारको नियत जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नै पर्ने देखिएको टिप्पणी ‘कस्तो देखियो सरकारको नियत भने, जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने ।’उनले थपे‘उनी महाअभियोगका भागिदार हुन् भन्ने हामीले धेरै चोटी सदमा भन्दै आएका छौं, गहिरो छानबिन गरौं, महाअभियोग लगाएर हटाऔं। होइन भने यो ढंगले कतै पनि झुण्ड्याउन मिल्दैन । तर सरकारले राजनीतिक प्रतिशोधका आधारमा यो बिजनेस सरकारले ल्याउँदै ल्याएन।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here