दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु

साउन,२० एजेन्सी ।

 दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०ः१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो ।

त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्। अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here