साउन,२० काठमाडौं ।
सिजन मिडियाले ‘एसियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२२’ नामक अवार्ड तथा मनोरन्जनात्मक कार्यक्रम यूएइको वरदुबइमा आयोजना गर्ने भएको छ ।
सिजन मिडियाले आफ्नो १४औं स्थापना दिवस तथा संविधान दिवस २०७९को अवसर पारेर असोज १३ गते उक्त कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
उक्त कार्यक्रमा एसियन मुलका विभिन्न क्षेत्रमा सक्रिय सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तिको काम र मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले यस पटक अन्तर्राष्ट्रियस्तरमा नै विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको वन्तले जानकारी दिए ।
देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उनीहरुले दिएको योगदानको मुल्याङ्कन गर्दै त्यस्ता विशेष व्यक्तिलाई यस पटक संस्थाले अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच, व्यवसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्सान गर्न लागेको बन्तले बताए ।
२०१९मा दुवइमा सम्पन्न भएको प्रोफेसनल एचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिए पनि फेरि यसको तेस्रो संस्करण दुवाइमा नै गर्न लागिएको हो ।