कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

साउन १८कपिलवस्तु ।

कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक रहेका छन् ।

आज बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाइते भएका थिए ।

घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here