साउन १६,काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् ।’ डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताए । उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गरे ।
यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने बताए । कार्यक्रममा उनले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताए ।