साउन १६,काठमाडौं ।
साप्ताहिक कारोबारको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
तोलामा ४०० रुपैयाँले घटेपछि सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ९०० कायम भएको छ।
आइतबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८०० र तेजाबी सुन ९५ हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँ घटेको छ। आइतबार भने तोलामा १० रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।