काठमाडौं – आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने बैठकबाट आमनिर्वाचनको मिति घोषणा हुनसक्ने एक मन्त्रीको भनाई छ। निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको भए पनि मिति भने तोकिएको छैन।
आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ। सामान्यतः १२० दिन अगावै निर्वाचन मिति घोषणा गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ।