साउन १५,काठमाडौं।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान सवा ८ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर १३ मिनेटमा काठमाडाैंबाट १४७ किलाेमिटर पूर्वतीर खोटाङमा केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
यता, युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (इएमएससी)ले भने धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको जनाएकाे छ ।