साउन १२,काठमाडौं ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ ।
समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार आज प्रतिवेदन लेखनको काम सकिएको हो । भोलि सभामुखलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक हुने समेत उनले जनाकारी दिए । शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लगेको छ।
आर्थिक विधेयकमा बाहिरी व्यक्ति संलग्न गराएर करका दर हेरफेर र संशोधन गरिएको विषय संसदमा उठेको थियो त्यसपछि छानबिन गर्न विशेष समिति गठन भएको छ। गठित समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ।