थप ३९१ जनामा कोरोना संक्रमण

साउन ०४, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ५ सय ६५ जनाको पीसीआर र १ हजार ४ सय १९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ४६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार २ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here