साउन ०४, काठमाडौं ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ।
आजको बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ। यसअघि सो घटनासँग सम्बन्धित बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेको समितिले पूर्वमन्त्री शर्मासँग सोधपुछ गर्न लागेको हो।
मंगलाबार बसेको बैठकले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको थियो।