कुनै दबाबमा नपरी तथ्यको गहिराइमा पुगेर छानबिन समितिले निश्कर्ष निकाल्छः प्रदीप ज्ञवाली

साउन २, काठमाडौं

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बजेट निर्माण अनाधिकृत व्यक्तिको प्रवेश गरेको घटनाबारेको छानविन कसैको दबाबमा नपरी हुने बताएका छन्। एमालेको सुशासन विभागले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूसँग बोल्दै नेता ज्ञवालीले छानबिन गर्न गठित संसदीय विशेष छानविन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरी निष्कर्श निकाल्ने बताएका हुन्।

छानबिन समितिका सदस्यसमेत रहेका एमाले उपमहासचिव ज्ञवालीले भने,’छानबिन समिति कुनै पनि दबाब, प्रभाव र स्वार्थमा पर्दैन। तथ्यको गहिराइमा पुगेर निष्कर्स निकाल्छ।’

संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ। अब निचोड निकाल्नेतिर केन्द्रित हुने समिति सदस्यहरूले बताएका छन्। आज पनि समितिको बैठक बस्दैछ।

छानविन समितिमा समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन्। मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन्। सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन्।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here