काठमाण्डौं महानगरपालिकाले भोलिदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने

असार ३२,काठमाडौं

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहाेर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहाेर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। साथै नकुहिने फोहाेरका लागि सोमबार र शुक्रबारकाे लागि समय तोकेको महानगरपालिकाले जनाएकाे छ । तोकिएकाे समय बमोजिम नागरिकले फोहाेर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी सूचनामा भनिएकाे छ ।

महानगरपालिकाले १ महिनाअघि नै सूचना जारी गरेर फोहाेर वर्गीकरण गर्ने विषयमा नगरवासीलाई सचेत र जानकारी गराएको थियो । पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहाेर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५ सय जरिवानासमेत गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here