गभर्नरलाई एमालेको स्पष्टीकरणः ‘अर्थ विभागमा एम. अधिकारी हुन्, तपाईं हाेइन’

असार ३०, काठमाडौं

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा मनोनित एम. अधिकारी राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ ।

चौतर्फी आलोचना भएपछि बुधबार गर्भनर अधिकारीले एमालेलाई स्पष्ट पारिदिन आग्रह गर्दै पत्र लेखेका थिए । त्यसको जवाफ दिँदै एमाले पार्टी कार्यालयका सचिव डा. भिष्म अधिकारीले खोटाङका एम अधिकारी राष्ट्र बैङ्कका गभर्नर नभएको बताएका हुन् ।

‘पार्टीको केन्द्रीय विभाग गठन गर्दा अर्थ सथा योजना बिभागमा उल्लेखित एम. अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उन्लेखित भएकोमा समाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैकको गभर्नर हो भनी भ्रम सिर्जगा हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।’ सचिव डा. अधिकारीले भनेका छन्, ‘हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने बैधानिक व्यवस्था छैन । तसर्थ, उत्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैँकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’

एमालेकाे स्पष्टीकरण-

यसअघि गर्भनर अधिकारीले उक्त नाम गरेका व्यक्ति म नै भएको भान हुने गरी समाजमा भ्रम सृजना भएको र आफू कुनै पनि राजनैतिक दलको सदस्य नरहेको बताउँदै भनेका थिए- ‘यसरी राजनैतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलव्ध गराई दिनुहुन अुरोप गर्दछु।’

एमालेलाई गभर्नर अधिकारीकाे पत्रः-

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here