असार ३०, काठमाडौं ।
काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट एकै घरका ५ जना घाइते भएका छन् । गएकाे मध्यरातमा नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा हर्सनखोलाका पञ्चकुमार भट्टराईको घरमा पुगेको जङ्गली चितुवाले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार घाइतेहरुको शरीरको बिभिन्न भागमा चोट लागेको र हाल मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएकाे छ ।