जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

असार २४, काठमाडौं ।
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको केहिबेर अघि निधन भएको जापानको सरकारी मिडियाले पुष्टि गरेको छ ।

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट आबेमाथि गोली प्रहार भएको थियो । उनलाई दुई पटक गोली लागेको थियो । गोली लागेपछि उनी ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। गोली लागेपछि सिन्जोलाई हृदयघात पनि भएको थियो ।

आबेको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको जापानी सञ्चारमाध्यमले जनाएको छ ।  प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारीलाई पक्राउ गरेको छ । उनको साथबाट बन्दुक बरामद भएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

शिन्जो दुई कार्यकालमा झण्डै ९ वर्षसम्म जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए । उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो ।

आबेलाई आक्रामक नेता मानिन्छ। शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसले उनलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्यायो।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here