बुढीगंगाको मतगणना आज बिहानबाटै

असार २४, काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुनः मतदानको गणना बिहानैदेखि थालिने भएको छ ।

त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

बिहीबार सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । एमालेबाट प्रमुखको उम्मेदवारमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती रहेका छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here