असार २२, काठमाडौं ।
उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।
कागेश्वरी मनाेहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताउनुभयो। थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।
उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन्।