बूढीगङ्गामा शान्तिपूर्ण मतदान हुँदै

असार २३,बाजुरा ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान हुँदैछ। जनप्रतिनिधि चुन्न बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान हालसम्म शान्पिूर्ण तरिकाले चलिरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङ्गबहादुर खाती उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here