‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित’

असार १९,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएका हुन् ।

पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरूलाई जानकारी दिने स्पष्ट पारिन ।

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन ।

प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको समेत स्पष्ट पारिन ।

सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनको स्पष्टिकरण थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here