प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै

असार १९,काठमाडौं ।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् ।

आइतबारको बहसमा सरकार पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, भिामाजुृन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गर्ने तयारी छ ।

आईजीपीको पक्षमा १९ जना कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् । तर, तीन जनाले विस्तृतमा बहस गर्ने र अरूले थपथाप गर्ने जनाइएको छ ।

यसअघि यही असार १३ गते भएको सुनुवाईमा सरकार पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैंमा राखेर आइतबारका लागि पेशी तोकिएको थियो ।

आफूभन्दा जुनियर एआईजी धिरजप्रताप सिंहलाई सरकारले आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

दुवै पक्षको बहस आइतबार सकिने भएकाले आइतबार नै फैसला आउन सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here