राष्ट्रिय सभाबाट रेल्वे विधेयक पारित

असार १७, काठमाडौं ।
राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सो विधेयकमाथि दफावार छलफल गरेर फास्ट ट्रयाकमा पारित गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेपछि ९ जना संशोधनकर्ताहरुले छलफलमा भाग लिएका थिए। छलफलमा सहभागीहरुलाई जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले विधेयकमाथि प्रस्तुत संशोधन प्रस्तावले विधेयकलाई समृद्ध बनाउने उद्देश्य राखेको भनी धन्यवाद दिइन्।

मन्त्री यादवले प्राप्त संशोधनहरुलाई स्वीकार गरेको पनि घोषणा गरिन्। मन्त्री यादवले अपाङ्गता भएकाहरुलाई रेलको भाडादरमा समेत छुट दिने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन्। त्यसपछि रेल्वे विधेयकमा सत्तापक्ष र प्रतिपक्ष एकमत भए। प्रस्तुत भएका सबै संशोधन प्रस्ताव फिर्ता गरे। त्यसपछि राष्ट्रियसभाबाट रेलवे विधेयक सर्वसम्मत रुपमा पारित भएको छ।

अब यो विधेयक प्रतिनिधिसभामा जानेछ। प्रतिनिधिसभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक ऐनका रुपमा क्रियाशिल हुन्छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here