असार १६, जनकपुर ।
पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ देशमै पहिलोपटक प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले युवा महोत्सव आयोजना गरेको हो। महोत्सवको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बुधबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्नेछ ।
महोत्सवमा मधेस मन्धन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझ, मधेसका मान हुनेछ। बिहीबार घोषणा पत्र सार्वजनिक गरिनेछ ।
खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले युवाहरूको बाहुल्य रहेको प्रदेशमा यो कार्यक्रमले जोश, जाँगर र उत्साह प्रदान गर्ने बताए।
उनले महोत्सवमा युवाहरूसँग सम्वाद गरेर घोषणापत्र जारी हुने र घोषणापत्रले युवाहरूमा एउटा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।