असार १५,काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ का संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० वटा नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । आज १९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ ।