एन्फाको नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्रीको बधाई

असार १५,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

६ असारमा सम्पन्न एन्फाकाे चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here