फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

असार १४,काठमाडौं 

सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतकै आदेश विपरित महानगरपालिकाले मापदण्ड घटाएको भन्दै त्यसको खारेजीको माग गदै दायर भएको रिटमा सुनुवाई गर्दै इजलासले पुरानै मापदण्ड कायम रहने गरी अन्तरिम आदेश जारी गरेको हो ।

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको महानगरको कार्यपालिका बैठकमा फेवातालको मापदण्ड घटाउने निर्णयविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते ताल किनारको ६५ मिटर भित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न निर्देशनात्मक आदेश गरेको थियो । तर २०७८ चैत १६ गते बसेको महानगरको ५५ औं कार्यपालिकाको बैठकले ६५ मिटर मापदण्ड घटाएर ३० मिटर तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here