भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार

असार १३, दाङ ।
दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार बिहान भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जंगलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको हो ।

प्रहरी प्रधान कायालयका अनुसार ६ जना युवती भारतीय बजार गइरहेको अवस्थामा दुईजना बलात्कृत भएको र अन्य चारजनालाई भने भारतीय युवकको समूहले लुटपाट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here