पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि

असार ११, काठमाडौं

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०२ जनामा गरीएको परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा १६ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here