असार,०७ काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रमा हड्ताल गर्न नपाइने भन्दै धाक धम्की नदिन वायुसेवा सञ्चालकलाई चेतावनी दिएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो। संघको सो निर्णयपछि मंगलबार नै पत्रकार सम्मेलन गर्दै प्राधिकरणले हवाई उडान नरोक्न चेतावनी दिएको हो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन।’
वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौँ बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन्।