वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

असार ०६,काठमाडौं ।

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि भएको छ ।

निगम सञ्चालनका लागि योजना नभएको, कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, पोखरा विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप अधिकारीमाथि छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here