असार ०६,काठमाडौं ।
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ ।
आइतबार बसेको अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकले संगठनविरोधी गतिविधि गरेको भन्दै उपाध्यक्ष कार्कीसहित ९ जनालाई अनिश्चितकालका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएकाे बैठकमा उपाध्यक्ष कार्की समूहसँग विवाद भएपछि हात हालाहालको अवस्थासमेत आएकाे थियो । केन्द्रीय समिति निर्माणदेखि पदाधिकारी चयन उचित तरिकाले नभएको भन्दै साे पक्षले विराेध जनाएकाे थियाे तर, तनावपूर्ण अवस्थाले ठूलै रूप लिन थालेपछि कार्की लगायतलाई प्रहरीले बैठकबाट निकालेको थियो।
त्यसपछि बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । साथै १२ लाख सदस्यता वितरण र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्यका साथ ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ मूल नारासहित तीन महिना अभियान चलाउने निर्णय पनि बैठकले गरेकाे छ ।