असार ०४, झापा ।
त्रिदिवशीय नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।
श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थल पुगेका अधिराजकुमारले आफूलाई स्वागत गर्न आएका प्रसाईंलाई सुनको लौरो हस्तान्तरण गरेका हुन् ।
उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका हुन् ।
व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।