बंगलादेशमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित

असार ०४,काठमाडौं ।

बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन् ।

विस्थापित भएकाहरूलाई सुरक्षा अधिकारीहरूले उद्दार तथा राहत वितरणलाई तीव्र पारेको बताएका हुन् । बंगलादेशको सेनाले बाढी पहिरोमा परेकाहरूको उद्दारका लागि तैनाथ अवस्थामा रहेको र उद्दार समेत जारी रहेको जनाएको छ । राजधानी ढाकालगायत मुलुकका विभिन्न स्थानमा बाढीबाट प्रभावितहरूको संख्या बढीरहेको बंगलादेशकाे सरकारले जनाएको छ ।

उत्तरपूर्वी क्षेत्रका लालमोनिरहाट, कुरिग्राम, निलफामिर र रंगपुर जिल्ला वर्षाबाट अत्यधिक प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत महिना प्रिमनसुन सुरु भएयता बंगलादेशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । वर्षाका कारण विभिन्न क्षेत्रमा डुवानका कारण हजारौं सर्वसाधारण विस्थापित भएका थिए ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका अनुसार ग्लोबल वामिङको हालको दर कायम रहे बंगलादेशका करिब १७ प्रतिशत मानिसलाई अर्को दशकमा अन्यत्र स्थान्तरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here