आइसिसी विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

असार ०२, काठमाडौं ।

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकासँग पराजित भएको छ । बुधबार राति मुसा क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ३९ रनले स्तब्ध बनेको हो ।

अमेरिकाले दिएको २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७ं.४ ओभरमा २ सय ६ रनमा अल आउट हुन पुग्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको योगदान दिए भने सोमपाल कामी ४७ रनमा पेभेलियन फर्किए । अन्य खेलाडीले सोचेअनुसार खेल्न सकेनन् । देव खनालले ३४ रन बनाउँदा आपनरद्वय आसिफ शेख १८ रन तथा कुशल भुर्तेल १० रनमा आउट भए ।

अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले समान ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ५८ रन तथा सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले २ विकेट तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा १/१ विकेट रह्यो ।

नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ भने अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here