क्यानमाथि आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

जेठ ३१, काठमाडौं 

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ ।

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो ।

यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।

क्यानका कोषाध्यक्ष रोशनसिंहका अनुसार निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ । साथै निलम्बन फुकुवा गर्न सहयोग गर्ने आइसिसी लगायत सम्पूर्ण सरकारवालालाई क्यानले धन्यवाद ज्ञापन गरेको छ ।

‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको छ । यसअघि आइसिसीले क्यानलाई सिमित मात्रामा मात्र बजेट दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here